स्थगित परिक्षा कहिले हुन्छन् ? थाहापाई राख्नुहोस्

काठमाडौं । कोरोना भय बढ्दै गएपछि अहिले देशभरका विद्यालय र कलेजहरू बन्द छन् । विश्वविद्यालयमा विभिन्न तहमा परिक्षा सञ्चालन भइरहेका बेला कोरोना सक्रमणको दर बढेपछि हाललाई सबै परिक्षा स्थगित भएका छन् । कतिको परिक्षा सकिन एउटा देखि दुईवटा विषय मात्र बाँकी छन् भने कतिको परिक्षाको शुरूवात मात्र भएको थियो ।

 

कतिपय विद्यार्थीले परिक्षा फारम मात्र भरेका थिए । उनीहरूको परिक्षा तालिका प्रकाशित भएको थिएन । स्थगित परिक्षा अब कहिले हुन्छन् भन्ने आम चासो छ । रोकिएको परिक्षा बैशाख सञ्चालन हुने कुनै सम्भावना छैन ।

कोरोना संक्रमणको दर कम हुँदै गए स्थगित परिक्षा जेठमा पुन त्रि.वि. प्रशासनले नेपाल परिक्रमलाई जानकारी दिएको छ । तर तत्काल कोरोना सक्रमण घट्ने अवस्था छैन, यस्तो अवस्थामा रोकिएका परिक्षा जेठमा हुन्छन् भन्न सकिने अवस्था पनि छैन । त्रि.वी वाहेकका केही विश्वविद्यालयले भने रोकिएका परिक्षा अनलाइनबाट भए पनि सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया