पुननिर्मित धरहराको उद्घाटन आज

बैशाख ११, काठमाडौँ-  २०७२ बैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त  भई पुननिर्माण गरिएको धरहरा आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुदैँछ।

धरहराको शनिबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। धरहरा पूर्णरुपमा तयार भइ नसकेको हुनाले सर्वसाधारणका लागि खुला नगरिएको प्राधिकरणले जनाएको छ ।

४२ रोपनीमा फैलिने सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार भ्याटसहित तीन अर्ब ४८ करोडमा करोड लागतमा धरहरा पुननिर्माण गरिएको हो । पहिले ९ तला रहेको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोहि स्थानमा पुनर्निर्माण गर्दा २२ तले बनाएको हो । पुनर्निर्माण प्राधिकरणका अनुसार धरहरा भुकम्प प्रतिरोधी बनाएको छ, बाहिरबाट हेर्दा ९ तला देखिए पनि भित्र २२ तला रहेको छ ।

विसं. १९९० माघ २ गतेको भूकम्पले भत्किएको ११ तले धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा ९ तला हुने गरी पुनःनिर्माण गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया