भर्चुअल वा भौतिक रूपमा कक्षा संचालन गर्ने अधिकार सम्बन्धित क्याम्पसलाई नै: त्रि.वि.

जेनिस श्रेष्ठ

बैशाख ७, काठमाडौँ- त्रिभुवन विश्वविद्यालय अन्तरर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसले कुन माध्यमबाट कक्षा संचालन गर्न भन्ने निर्णय आफैं गर्न पाउने भएका छन् ।

क्याम्पसले संक्रमितको अवस्था हेरेर वैकल्पिक माध्यमबाट वा भौतिक उपस्थितिमै  कक्षा संचालन गराउने भन्ने विषय रोजेर त्यहि अनुसार पठनपाठन गराउन पाउने भएका छन् ।

कोभिड १९ को संक्रमण बढेसंगै सोमबार सरकारले ठुला शहरका शैक्षिक संस्थामा भौतिक रुपमा कक्षा संचालन बन्द गरी बैकल्पिक मध्यमबाट पठनपाठन गर्न निर्णय गरको थियो ।

क्याम्पसका पूर्वनिर्धारित परीक्षा यथावत संचालन गर्न सरकारले सोमबार नै निर्णय गरेको छ । त्रि. वि. परीक्षा नियन्त्रण कार्यालयले पनि  स्वास्थ्य मापदण्ड अपनाई परीक्षा संचालन गर्न सबै केन्द्राध्यक्षलाई सुचित गरेको छ ।

काठमाडौँ विश्वविधालयले यस अघिनै अनलाइन कक्षा संचालन गरीसकेको थियो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसले पनि एल एल एम तर्फका (विहानी तथा दिवा समूह)का सम्पूर्ण कक्षाहरु सोमबार देखि नै अनलाइन गर्ने निर्णय गरेको थियो ।

 

तपाईको प्रतिक्रिया