ज्योति लाईफको शेयरमा निरन्तर सकारात्मक सर्किट बेच्ने कोहि छैनन्, किन्नेको भिड

असोक सापकोटा

काठमाडौँ- ज्योति लाइफ इन्स्योरेन्सको शेयरमा किन्नेको उच्च चाप देखिएको छ। दोश्रो बजारमा कारोबार खुलेको दिन देखि कम्पनीको शेयर किन्न को लागि अडर्र राख्नेको उच्च चाप देखिएको छ ।

३६० मा ओपनिंङ्ग भएको शेयर मूल्य  हरेक दिन सकारात्मक सर्किटहानेर आज ७५१ कारोबार भईरहेको छ । यो समाचार तयार पार्दा सम्म मार्कट डेप्थमा ६ लाख ९२ हजार बढी कित्ता शेयर माग गरेको देखिन्छ भने बेच्ने सुन्य देखिन्छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

तपाईको प्रतिक्रिया