थापाले आजै ५ बजे पुन: गृहमन्त्रीको शपथ लिँदै

बैशाख ५, काठमाडौँ- रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् ।

आतबार राष्ट्रियसभा सदस्य पद गुमेपछि गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त भएका थापाले आजै सांझा ५ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था अनुसार पुनः गृहमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् ।

 

माओवादी केन्द्रले सांसदबाट हटाउन भनी बुझाएको पत्र आइतबार संघीय संसद् सचिवालयले स्वीकृत गरेपछि थापा पदमुक्त भएका हुन् ।

तपाईको प्रतिक्रिया