बैशाख १, भारतमा चाैबिस घण्टामा १ लाख ८४ हजार ३७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे चाैबिस घण्टामा १ लाख ८४ हजार ३७२ जना संक्रमित थपिएका हुन् भने एकैदिन १०२७ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे हाे।
भारतमा अहिले सम्म १ करोड ३८ लाख मानिसमा संक्रमण १ लाख ७२ हजार बढिको मृत्यु भईसकेको छ ।
१३ लाख ६५ हजार ७ सय ४ जना सक्रिय संक्रमित रहेका छन् ।
भारतमा अहिले विभिन्न भेरियन्ट (प्रकार) का कोरोना फैलिरहेका छन्। विज्ञहरूका अनुसार यी भेरियन्ट बढी संक्रामक र घातक रहेको बताईरहेका छन् ।