चैत्र ३१, काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकासहित ठुला सहरका विधालयहरु १ महिना बन्द गर्न गर्न सिफारिस गरेको छ।
पछिल्लोसमय कोरोना भारइसको नयाँ भेरियन्ट्स फैलिएको र १८ वर्षमुनिका बालबालिकामा पनि सजिलै सर्ने हुँदा विद्यालय क्षेत्र बढी जोखिम बढेको भनि उपत्यकासहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालय एक महिना बन्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको छ।
यो अवधिमा अनलाइन मध्ययमबाट पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव रहेको छ ।
१८ बर्ष मुनिका बालबालिकाहरुको लागि कोरोना बिरुद्दको खोप नबनेकोले बालबालिकामा जोखिम बढी रहेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
उनका अनुसार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । औपचारिक निर्णय भएको छैन ।