माओबादीबाट एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज

चैत्र २६, काठमाडौँ-नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी एमाले प्रवेश गरेका ओलीका चारजना मन्त्रीको सांसद पद खारेज भएको छ ।

बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले सांसद पदमुक्त भएको जानकारी गराएका हुन् ।

ओली सरकारमा टोपबहादुर रायमाझी ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री, प्रभु साह शहरी विकास मन्त्री, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री  र गौरीशंकर चौधरी श्रम मन्त्री रहेका थिए ।

तपाईको प्रतिक्रिया