चिन्पा स्यान्ग्मा लामा
काठमाडौँ – त्रिभुवन विश्वविद्यालले एक वर्षे शिक्षाशास्त्र संकाय (बि.एड.) तर्फको बिधार्थी भर्ना कार्यक्रम रोकेको छ।
त्रिविले मंगलबार सूचना जारी गर्दै बार्षिक प्रणालीमा सञ्चालन भइरहेको उक्त तहलाई सेमेष्टर प्रणालीमा लैजान लागेकोले भर्ना रोकिएको जानकारी दिएको हो।
उक्त तहको शैक्षिक सत्र २०७७–७८मा भर्ना नगर्न र नगराउन पनि सबै क्याम्पसहरुलाई त्रि.वि.ले आग्रह गरेको छ।