अवहेलनाको मुद्दामा स्वास्थ्यमन्त्रीलाई सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौँ, सर्वोच्च अदालतले सरकारसंग कोरोनाको परिक्षण र उपचार निशुल्क गर्न दिएको परमादेश कार्यान्वयन नगर्नुको कारण देखाऊ आदेश जारी गरेको छ ।

सर्वोच्चले कोरोना महामारीको परीक्षण र उपचार निशुल्क गर्न आदेश दिए पनि सरकारले शुल्क लिन थालेको भन्दै अधिवक्ता ओली र केसीले अदालतको अवहेलना मुद्धाको कारवाहीको लागि आज सुनुवाई गरेका थिए, जुन निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ? नगर्ने भए एक साताभित्र लिखित जवाफ दिनु’ भनी आदेश गरेको छ ।

न्याय प्रशासन ऐन २०७३ को दफा १७ बमोजिम कारवाही र सजाय किन हुनु नपर्ने हो, सजाय हुन नपर्ने कुनै आधार र कारण भए सो व्यहोरा खुलाई आफै वा आफ्नो कानुन बमोजिम प्रतिनिधि मार्फत  ७ दिन भित्र लिखित जवाफ पेश गर्नु भनि आदेश गरेको छ।

 

Published On:  128पटक हेरिएको

तपाईको प्रतिक्रिया