काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ हजार ३ सय ९२ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप २१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ५ सय ३१ जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमित पुष्टी भएको छ ।
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या १ लाख २६ हजार १ सय ३७ जना पुगेका छन् भने ७ सय १५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ३५ सय २२ जना घर फर्किएका छन् भने शुक्रबार सम्ममा कुल ८८ हजार ४० जना निको भएर घर फर्केका छन् ।
अहिले ३७ हजार ३ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् | २५ हजार ४६ जना होम आईसोलेशनमा रहका छन् भने १२ हजार ३ सय ३६ जना संस्थागत आईशोलेशनमा रहका छन् ।