४ हजार ४७ जनामा संक्रमण पुष्टी, ९ जनाको मृत्यु

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर ४  हजार ४७ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप ९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ५ सय ३० जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट ४ हजार ४७ जनामा कोरोना संक्रमित पुष्टी भएको छ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या १ लाख  ११ हजार ८  सय २ जना पुगेका छन्  भने ६ सय  ४५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १४ सय ७३ जना घर फर्किएका छन् भने बुधबार सम्ममा कुल ७७ हजार २ सय ७७ जना निको भएर घर फर्केका छन् ।

अहिले सक्रिय संक्रमितको सङ्ख्या  ३३  हजार ८ सय  ८० जना रहेका छन् । १९  हजार ९ सय ५७ जना होम आईसोलेशनमा रहका छन् भने १३ हजार  ९ सय २३ जना संस्थागत आईशोलेशनमा रहका छन् ।

कहाँ धेरै थपिए

आज काठमाडौँमा सबै भन्दा धेरै १ हजार ८ सय ८८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । त्यस्तै ललितपुरमा २ सय ७७, सुनसरी २ सय ४९, मोरङ्गमा २ सय २३, रुपन्देही १ सय २५, भक्तपुरमा १ सय १८ जना, सुर्खेतमा १ सय १ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ।यी एकै दिन सय जना भन्दा बढी संक्रमित भेटिएका जिल्ला हुन् ।

 

 

तपाईको प्रतिक्रिया