शुक्रबार एकै दिन २ हजार २० जनामा संक्रमण पुष्टी, संक्रमितको संख्या ६१ हजार नाघ्यो,

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर २ हजार २० जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप ७ जनाको मृत्यु भएको छ । नेपालमा आज अहिले सम्मकै धेरै संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ४  सय ५८ जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट २ हजार २० जनामा कोरोना संक्रमित पुष्टी भएको छ |

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ६१ हजार ५  सय ९३ जना पुगेका छन्  भने ३ सय ९० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर ८ सय ७१ जना घर फर्किएका छन् भने शुक्रबार सम्ममा कुल ४३ हजार ८ सय २० जना निको भएर घर फर्केका छन् ।

अहिले सम्म १७ हजार ३ सय ८३ जना सक्रिय संक्रमित रहेका छन् | ६ हजार ४ सय ३८ जना होम आईसोलेशनमा रहका छन् भने ९ हजार २ सय ९५ जना संस्थागत आईशोलेशनमा रहका छन् ।

तपाईको प्रतिक्रिया