काठमाडौँ उपत्यकामा ५ सय ९७ सहित १ हजार ३९ जनामा संक्रमण पुष्टी, ९ जनाको मृत्यु

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर १ हजार सय ३९ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ । आज थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९  हजार १  सय ६५ जनामा गरिएको नमुना पिसिआर परिक्षण बाट १ हजार सय ३९ जनामा कोरोना संक्रमित पुष्टी भएको छ । जसमा काठमाडौंमा मात्रै ४ सय ८३ जना थपिएका छन्।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ५४ हजार ४  सय ६९ जना पुगेका छन्  भने ३ सय ४५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १ हजार १ सय ७३ जना घर फर्किएका छन् भने आज सम्ममा कुल ३३ हजार ६ सय ९७ जना निको भएर घर फर्केका छन् ।

अहिले सम्म १५ हजार १ सय १७ जना सक्रिय संक्रमित रहेका छन् । ७ हजार ३ सय ८७ जना होम आईसोलेशनमा रहका छन् भने ७ हजार ७ सय ३० जना संस्थागत आईशोलेशनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया