बिहिबार १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टी, नेपालमा संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर १२ सय ४६ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ | आज थप ५ जनाको मृत्यु भएको छ|

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १  सय ४४ जनामा नमुना पिसिआर परिक्षण बाट १२ सय ४६जनामा कोरोना संक्रमित पुष्टी भएको छ |

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ५० हजार ४  सय ६५ जना पुगेका छन् | भने ३ सय १७ जनाको मृत्यु भएको छ |

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १ हजार ८ सय १८ जना घर फर्किएका छन् भने बिहिबार सम्ममा कुल ३५ हजार ७ सय जना निको भएर घर फर्केका छन् ।

अहिले सम्म १४ हजार ४ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् | ६ हजार ४ सय ३८ जना होम आईसोलेशनमा रहका छन् भने ८ हजार १० जना संस्थागत आईशोलेशनमा रहका छन् |

तपाईको प्रतिक्रिया