थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टी, ६ जनाको मृत्यु

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर ९ सय २ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ | आज थप ६ जनाको मृत्यु भएको छ|

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न  प्रयोगशालामा १० हजार ६  सय ११ जनामा नमुना पिसिआर परिक्षण बाट ९ सय २ जनामा कोरोना संक्रमित पुष्टी भएको छ |

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ४८ हजार १  सय ३८ जना पुगेका छन् | भने ३ सय ६ जनाको मृत्यु भएको छ |

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर २ हजार २ सय ८७ जना घर फर्किएका छन् भने मंगलबार सम्ममा कुल  ३२ हजार ९ सय ६४ जना निको भएर घर फर्केका छन् ।

अहिले सम्म १४ हजार ८ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् | ६ हजार ८ सय १५ जना होम आईसोलेशनमा रहका छन् भने ६ हजार ८ सय १५ जना संस्थागत आईसोलेशनमा रहका छन् |

Published On:  122पटक हेरिएको

तपाईको प्रतिक्रिया