काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ९ सय ८० जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ | आज थप ९ जनाको मृत्यु भएको छ|
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ३ सय ८२ जनामा नमुना पिसिआर परिक्षण बाट ९ सय ८० जनामा कोरोना संक्रमित पुष्टी भएको छ भने काठमाडौं जिल्लामा मात्र २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ संक्रमित भेटिएका छन् ।
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ४६ हजार २ सय ५७ जना पुगेका छन् | भने २ सय ८९ जनाको मृत्यु भएको छ |
पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १ हजार ८ सय १४ जना घर फर्किएका छन् भने आइतबार सम्ममा कुल २८ हजार ९ सय ४१ जना निको भएर घर फर्केका छन् ।
अहिले सम्म १७ हजार २७ जना सक्रिय संक्रमित रहेका छन् | ७ हजार ८ सय २६ जना होम आईसोलेशनमा रहका छन् भने ९ हजार २ सय १ जना संस्थागत आईसोलेशनमा रहका छन् |






