शनिबार कोभिड-१९ बाट थप ९ जनाको मृत्यु, १ हजार ४१ जनामा संक्रमण पुष्टी, काठमाडौँ उपत्यकामा मात्रै ४ सय ८

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर १ हजार ४१ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ | आज थप ९ जनाको मृत्यु भएको छ |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४ सय ७३ जनामा गरिएको नमुना पिसिआर परिक्षणबाट १ हजार ४१ जनामा कोरोना संक्रमित पुष्टी भएको छ भने काठमाडौं जिल्लामा मात्र ३२६,  ललितपुरमा ३७  र भक्तपुरमा ४५ संक्रमित भेटिएका छन् ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको र निको हुनेको सङ्ख्या ४५ हजार २ सय ७७ जना पुगेका छन् | भने २ सय ८० जनाको मृत्यु भएको छ |

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १५ सय ६६ जना घर फर्किएका छन् भने शनिबार सम्ममा कुल  २७ हजार १ सय २७ जना निको भएर घर फर्केका छन् ।

अहिले सम्म १७ हजार ८ सय ७० जना सक्रिय संक्रमित रहेका छन् | ८ हजार ४ जना होम आईसोलेशनमा रहका छन् भने ९ हजार ८ सय ६६ जना संस्थागत आईसोलेशनमा रहका छन् |

Published On:  186पटक हेरिएको

तपाईको प्रतिक्रिया