काठमाडौं– अहिले देशको केन्द्रीय थलो सिंहदरबारमा २२ मन्त्रालय छन् । २२ मन्त्रालयको नेतृत्वमा २२ मन्त्रीहरू रहेका छन् । प्रदेश र प्रतिनिधिसभाको चुनावपछि गठन भएको वर्तमान सरकारका हरेक मन्त्रीहरू जनताबाट निर्वाचित भएका जनप्रतिनिधि नै हुन् । चुनावको बेला हात जोड्दै भोट माग्न जनताको घर दैलो र खेतबारीसम्म पुगेका मन्त्री तथा नेताहरू अहिले सिंहदरवारमा विलाशी जीवन विताइरहेका छन् । भोट माग्ने बेला जनताको स्तर सुधार्ने बाचा गरेका सरकारका मन्त्रीहरूले केवल आफ्नो जीवनस्तर मात्र सुधारेका छन् ।
सरकारका मन्त्रीहरूले राज्यकोषमा लुट मच्चाइरहेका छन् । हरेक मन्त्रीलाई मन्त्री भए लगत्तै गृह मन्त्रालयले मन्त्रीको प्रयोजनको लागि गाडी दिएपनि सरकारका कुनैपनि मन्त्रीले ति गाडी प्रयोग गरेका छैनन् । सरकार मन्त्रीले जनताले तिरेको करबाट किनिएका रौडौं मूल्यका गाडी चढ्दै आएका छन् । मन्त्रीहरूले २÷३ करोड मुल्य बराबरका मह“गा गाडी चढ्दै आएका छन् जबकि गृह मन्त्रालयका दिएका ति गाडीहरू कस्तो अवस्थामा छन् भने अत्तोपत्तो समेत छैन् । गृह मन्त्रालयलाई समेत मन्त्रीलाई उपलब्ध गराएका गाडीहरू के कसरी प्रयोग भएका छन् त्यस बारे कुनै जानकारी छैन ।
यति मात्र हैन सरकारका अधिकांश मन्त्रीहरू र उनीहरूका आफन्तले कानून विपरित राज्यकोषको दोहन गर्दै आएका छन् । अझ कतिपय पूर्व मन्त्रीहरू कानून विपरित मन्त्री हु“दा लिएका सेवा सुविधा समेत राज्यलाई फिर्ता गरेका छैनन् । भाषणमा जनता जनता नछुटाउने सरकारका मन्त्री तथा नेताहरू त्यसको ठीक विपरितको कार्य गर्दै आएका छन् । सरकारका अधिकांश मन्त्रीले आसे पासे र भरौटेलाई आवश्यक भन्दा दुई बढिलाई स्वकिय सचिवालयमा राखेर राज्यकोषको दोहोन गर्दै आएका छन् । सरल र सहज सेवा प्रवाह, न्यायपूर्ण समाज, विकास, रोजगारी र समृद्धिको आसा जनताले गरेपनि सरकारका मन्त्री तथा नेता दिनप्रतिदिन विलासी बन्दै जादा जनताको आसा निरासामा परिणत भएको छ । यति हुदा हुदैपनि राजनीतिक दलका नेताहरू सुशासन र पारदर्शिता कुरा गरेर थाक्न छोडेका छैनन् । हरेक पटकको चुनावमा जनताप्रति लक्षित घोषणा पत्र छापिने गरेपनि नेताले आफ्नो शान शक्तिको दुरूपयोग गर्दै आएका छन् ।