काठमाडौं– काठमाडौंको सोर्हखुट्टेमा अवस्थित नेपालकै नमूना सामुदायिक कलेज मनमहोहन मेरोरियल कलेजमा कक्षा ११ र स्नातक प्रथम बर्षमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ । प्लस टु मा सबै संकाय र स्नातकमा व्यवस्थापन, मानविकी, शिक्षा लगायतका संकायमा पढाइ हुने यस कलेजमा यस बर्ष प्लस टु मा विभिन्न संकायमा झण्डै ५ सयको हाराहारीमा नयाँ विद्यार्थी भर्ना भएका छन् ।
अन्य निजी र सामुदायिक विद्यालय भन्दा सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै यस कलेजमा बर्षेनी विद्यार्थीको चाप बढ्दो अवस्थामा रहेको कलेजका प्रिन्सिपल शिशिर अर्याल बताउनुहुन्छ । नयाँ विद्यार्थीलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रमा कक्षा १२ का विद्यार्थीले तयार पारेको सृजना नामको पत्रिका समेत विमोचन गरिएको थियो ।
यसै साता भएको कार्यक्रममा विभिन्न संकायमा अध्यययरत विद्यार्थी विभिन्न किसिमका साँस्कृतिक विषयबस्तु समेत प्रस्तुत गरेका थिए । हाल यो कलेजमा कक्षा ११ देखि स्नातकोत्तरसम्म विभिन्न संकायमा १७ सय विद्यार्थी अध्ययनरत छन् ।