एल.एल.वी. भर्ना फेरी स्थगित, कोटा प्रणाली खारेज नहुने

काठमाडौं–  त्रि.वि कानून संकाय अन्र्तगत अगामी असार २१ गतेबाट लिइने भनिएको भर्ना कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । ८ सय जनाको कोटा निर्धारण गरी गत जेठ १९ गते प्रवेश परिक्षा भएपनि केन्द्रीय विद्यार्थीको विरोधपछि कोटा प्रणाली खारेज गरी एल.एल. वी मा खुल्ला भर्ना लिने सहमति गरिएको थियो ।

तर यो सहमतिको चौतर्फी विरोध भएपछि पुन एल. एल. वी. भर्ना कार्यक्रम स्थगित भएको छ । यो निर्णयसँगै फेरी कोटा प्रणाली तत्कालका खारेज नहुने भएको छ । यदि सबै पक्षवीच सहमति जुटे कोटा प्रणाली नै कार्यान्वयनमा तयारी कानूनको डीन कार्यालयले गरेको छ ।

तपाईको प्रतिक्रिया