कानून संकायमा कोटा प्रणाली हट्यो, अब खुल्ला रूपमा भर्ना लिइने

काठमाडौं– त्रि.वि. कानून संकाय अन्र्तगतका सबै क्याम्पसहरूमा कोटा प्रणाली हटेको छ । कानून शिक्षालाई व्यवस्थित बनाइने भन्दै केन्द्रीय नेपाल ल क्याम्पसमा ८ सय जना र बाहिरका क्याम्पसहरूमा ५ सयको कोटा निर्धारण गरिएको भएपनि केन्द्रीय विद्यार्थी संगठनको विरोधपछि कानूनमा कोटा प्रणाली हटाइएको ।

कानून संकायमा कोटा प्रणाली अनुसार प्रवेश परिक्षा समेत भइसकेको थियो । पटक–पटकको विद्यार्थी संगठनको विरोध र चेतावनीका पछि कानूनमा लागु गर्न लागि कोटा स्टिम हटाइएको कानून संकायका डीन ताराप्रसाद सापकोटाले बताउनुभयो । कानून अध्ययनका लागी नेपाल ल क्याम्पसबाट मात्रै झण्डै ५ हजार विद्यार्थीले प्रवेश परिक्षा दिएका थिए ।

कानूनमा कोटा प्रणाली हटेपछि अब जो कोही इच्ुछक विद्यार्थीले खुल्ला रूपमै कानूनको अध्ययन गर्न पाउनेछन् । कानूनमा लगाइएको कोटा प्रणाली हटाउन तत्कालीन एमाले र माओवादी निकटका केन्द्रीय विद्यार्थी संगठनले भूमिका खेलेका थिए ।

तपाईको प्रतिक्रिया