वेष्टइण्डिज विश्वकप क्रिकेटमा छनोट

एजेन्सी– वेष्टइण्डिजले विश्वकप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ । स्कटल्याण्डविरूद्ध हरारेमा भएको खेल पानीले अवरुद्ध भएपछि डीएल मेथडका आधारमा वेष्टइण्डिज ५ रनले विजयी भएपछि विश्वकप छनोटको यात्रा तय गरेको हो ।

जितसँगै ८ अंक जोडेको वेष्टइण्डिजले विश्वकपमा स्थान बनायो । तर, स्कटल्याण्डको भने ५ अंक मात्र छ र विश्वकप खेल्ने सम्भावना निकै कम छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले वर्षाले खेल रोकिनुअघि ३५.२ ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । यसअघि पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले ४८.४ ओभरमा सबै विकेट गुमाएर १९८ रन बनाएको थियो । उसको सुरुवात निकै खराब थियो । २ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । क्रिस गेलले खाता नै खोल्न सकेनन् । तर, इभिन लुइस र मार्लोन सामुअलले तेसो विकेटका लागि १२१ रनको साझेदारी गरे । लुइस ६६ रन बनाए भने सामुअलले ५५ रन जोड्न सफल भए ।

तपाईको प्रतिक्रिया