नेपाली क्रिकेटलाई ऐतिहासिक सफलता, एकदिवसिय मान्यता पाउने पक्का

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमले अहिलेसम्म ठूलो सफलता हात पारेको छ ।
नेपालले एकदिवसीय अन्तर्राष्टिय मान्यता पाउने पक्का भएको छ ।

यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो । लगतै नेपालले चाहे जस्तै नेदरल्याण्डले हङकङलाई पराजित गराएपछि ओडीआई स्टाटस पक्का भएको हो ।

यदि हङकङले नेदरल्याण्ड्सलाई हराएको भए सातौं स्थानका लागि हुने खेलमा हङकङलाई नेपाल हराउनै पर्ने हुन्थ्यो । तर, अब नेदरल्याण्ड्सँग हुने अन्तिम खेलको नजिता जे भएपनि नेपालले चार वर्षका लागि ओडीआई स्टाटस पक्का गरेको छ ।

तपाईको प्रतिक्रिया