सिरिल रामाफोसा दक्षिण अफ्रिकाको नयाँ राष्ट्रपति

एजेन्सी– सिरिल रामाफोसा दक्षिण अफ्रिकाको नयाँ राष्ट्रपतिको रूपमा नियुक्त भएका छन् ।  यसअघिका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ पदबाट राजीनामा दिएपछि संसदले बिहीबार रामाफोसालाई राष्ट्रपति पदमा चयन गरेको हो । राष्ट्रपतिमा भएपछि संसदमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण प्राथमिकता हुने बताए ।

धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र भ्रष्टाचारसाग जुध्नुपर्ने मुख्य चूनौती देशका सामु रहेको उनको भनाई थियो ।  सत्तारूढ अफ्रिकन नेशनल काग्रेसले राजीनामा नदिए सदनमा महाभियोग लगाउने चेतावनी दिएको थियो ।

सो पार्टीका सभापति तथा तत्कालीन उपराष्ट्रपति सिरिल रामाफोसालाई मार्ग प्रशस्त गर्न ७५ वर्षीय जुमामाथि पार्टीले दबाब दिएको थियो ।  सन् २००९ देखि सत्तामा रहनु भएका जुमालाई भ्रष्टाचारसहितका कैयौं आरोपहरू लाग्दै आएको थियो ।

तपाईको प्रतिक्रिया