लुट्नेलाई छाड्दै, निमुखालाई खेद्दै काठमाडौं महानगरपालिका : पाठक विचार

सृजना शर्मा– काठमाडौं महानगरपालिकाले काठमाडौंको अधिकांश ठाउँको ज्यानमारा धूलो र हिलो हटाउन छैन, सडकमा रहेका ज्यानमारा धराप हटाउन सकेको छैन, सडकमा छाडा छोडिएका चौपया हटाउन सकेको छैन, दिन दिनै सयौं सर्वधारण टोक्ने सडक कुकुर हटाउन सकेको छैन, सवारी पार्किङको कुनै विकल्प दिन सकेको छैन, नक्सा पास नगरी आलिसान बङ्गला बन्दा समेत केही कारवाही सकेको छैन, महानगर भित्रको सडको अवस्था भद्रगोल हुँदा समेत माखो मार्न सकेको छैन, सर्वसाधारणको सुविधाको लागि न रात्रि बस व्यवस्था गर्न सकेको छ न महानगरभित्र यातयातको राम्रो प्रबन्ध गर्न सकेको छ । सकेको छ त केवल गरिब देशका निमुखा जनताले आफ्ना छोराछारी पढाउन र पेट पाल्न कहि कतै सडकमा सामान्य व्यपार गर्दा उनीहरूलाई अभद्र व्यवहार गर्न, उनीहरूको सामान लुटेर लैजान, लाठी लगाउन र जरिवना तिराउन । आफैभित्र भद्रगोल र भ्रष्ट काठमाडौं महानगरपालिकासँग अहिल्यै नै निमुखा जनता खद्ने हैसियत छैन । दैनिक धूलो खादा खादा सर्वसाधरणको आयू घटिरहेको छ, रोग बढिरहको छ । सडकमा छाडा छोडेका चौपयाका कारण दुर्घटना बढेको छ । भुस्याहा कुकुरको टोकाइबाट सर्वसाधरणले अनाहकमा दुख पाइरहेका छन् । पार्किङ नहुँदा सडकमा हिड्ने ठाउँ छैन । सडककै कारण मान्छेको ज्यान गरिहेको छ । हुने र लुट्नेलाई छूटै छूट । नहुनलेलाई खद्ने यस्तो महानगरपालिका प्रसासन को के हैसियत ? सकिन्छ भने आधारभूत कुरा सुधारेर देखाउ अनि मात्र फुटपाथ ब्यापारीलाई व्यवस्थित ठाउँ बनाएर ब्यपार गर्ने क्षेत्र तोकिदेउ । नभए गुण्डा प्रबृतिका महानर प्रहरी पठाएर जनताको सामान नलुटियोस् । फेन्सी र सपिङ मल धेरैका लागि महँगा र क्षमता भन्दा बाहिर छन् । फूटपाथ नै सर्वसाधरणलाई सस्तो छ । जुन बेला जनताको आएस्तर जीवनस्तर उकासिन्छ तब मात्र लिएर आउ तिम्री यि नियम । हैन भने ठूला र लुटाहालाई छोडेर निमुखा जनता खद्ने अधिकार काठमाडौ महानगरपालिकका चोरका चङ्गुलहरूलाई छैन ।

तपाईको प्रतिक्रिया