सत्तारूढ दललाई एमालेले दियो चेतावनी

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ताधारी दललाई संविधानका नाममा जथाभावी नगर्न चेतावनी दिएको छ । एमालेले संविधानको सर्वस्विकार्यताको नाममा जथाभावी नगर्न सरकार र सत्तारुढ दल काँग्रेस तथा माओवादी केन्द्रलाई चेतावनी दिएको छ । एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले प्रमुख प्रतिपक्षसँग परामर्श नै नगरी संविधान संशोधन प्रस्ताव ल्याइएको भन्दै आपत्ति पनि जनाउनुभयो ।

शुक्रबार संसद बैठकलाई सम्बोधन गर्दै उहााले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिएर मुलुकलाई निकास दिने काम गर्न पनि शुभकामना दिनु भयो । उपनेता नेम्वाङले संविधान निर्माण गर्ने मुख्य दलहरु एक ठाउामा नआई कसरी संविधानको सर्वस्विकार्यता हुन्छ भनि प्रश्न गर्नु भयो । उहाँले भरतपुर महानगरपालिकाको मतगणना विवादले लोकतन्त्रको धज्जी उडाएको आरोप पनि लगाउनुभयो ।

तपाईको प्रतिक्रिया