एमालेको अवरोधले मङ्गलबार सम्मका लागि संसद स्थगित

काठमाडौं– भरतपुर महानगरपालिकाको वडा नम्वर १९मा फेरी मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री चयनका लागि निर्वाचनको मिति तोकिएको आइतबारको संसद पनि चल्न दिएन ।

आइतबार बिहान ११ बजे मतदानको समय निर्धारण गरि संसद संसद बैठक डाकिएपनि संसद बस्दै नबसी स्थगित भयो । अब संसद २३ गते दिउँसो १ बजे बस्नेछ । संसद भवनमा बसेको प्रमुख दलका शिर्ष नेताहरु सम्मिलित बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले थप छलफल गर्नका लागि २ दिनको समय मागेकाले संसद २ दिन पछि सारिएको कांग्रेस सभापति शेरबहादुर देउवाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया