महाअभियोग प्रस्ताव एक हप्ता भित्र संसदमा पेश हुने

काठमाडौं–प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव एक हप्ता भित्र संसदमा पेश हुने भएको छ । संसद सचिवालयका प्रवक्ता भरत गौतमले प्रधानन्यायाधिश कार्कीविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव एक हप्ता भित्र संसदमा पेश हुने बताउनु भएको हो । उहााले दर्ता भएको मितिबाट एक हप्ता भित्र सभामुखले तोकेको मितिमा महाअभियोग प्रस्ताव संसदमा पेश हुने संसद नियमावलीमै व्यवस्था रहेको पनि उल्लेख गर्नु भयो ।

संसदमा पेश भएपछि महाअधियोगमा सामान्य छलफल गर्दै छानवीनका लागि महाअभियोग सिफारिस समितिमा पठाइनेछ । महाअभियोग सिफारिस समितिलाई महाअभियोगका बारेमा छानवीन गर्न एक महिनाको समय दिने व्यवस्था रहेको पनि प्रवक्ता गौतमले स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया