नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेका काम देखेर अन्य दलहरु आत्तिएको दाबी गर्नुभएको छ । नेकपा एमाले सिन्धुपाल्चोक काठमाण्डौ सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा हिजो गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमालेको शक्ति बाट डराएका अन्य दलले आफुहरुको राष्ट्रनिर्माण अभियानलाई कमजोर पार्न खोजेको आरोप लगाउनुभयो ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नयाँ क्यालकुलेटरमा भोट गन्दै गर्दा अबको चुनावमा जनताको भोट एमालेले लगिसक्ने दाबी समेत गर्नुभयो । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले घोषणा गरेका काम पुरा गर्नुको सट्टा विगारेको भन्दै वर्तमान सरकारलाई सच्याउन नभई विगार्न मात्र आउने आरोप समेत लगाउनुभयो ।