मनोसामाजिक अपाङ्गता (डिप्रेसन) न्यूनिकरणमा जोड

काठमाडौं–प्रेस काउन्सिल नेपालको आयोजना तथा राष्ट्रिय मानसिक स्वास्थ्य स्वयंसेवा संघको संयोजनमा आयोजित “मानसिक स्वास्थ्य सचेतनामा मिडियाको भूमिका” बिषयक छलफल कार्यक्रममा बक्ताहरुले मनोसामाजिक अपाङ्तालाई न्यूनिकरण गर्न मिडियाको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णवहादुर कार्कीले मानसिक समस्या बढ्दै गएपछि आत्महत्या तथा सडकमा पुग्ने गरेको घटनाहरु बढिरहेकोमा यसको न्यूनिकरणमा मिडिया लाग्नुपर्ने धारणा राख्नुभएको थियो भने राष्ट्रिय मानसिक स्वास्थ्य स्वयंसेवा संघका अध्यक्ष मातृका देवकोटाले भुकम्प, कुलतबाट उत्पन्न लगायतका विविध समस्याले मनमा निरन्तर जरो गाडेर बस्ने, हप्तादिन भन्दा बढी लम्बियो भने मानसिक रोगको लक्षण देखापर्दछ । यसको एक्सरे, एमआरआईबाट मापन नहुने बताउनुभयो । उहाँले भन्नुभयो– नेपालमा ६० लाख बढी कुनै न कुनै किसिमको डिप्रेसनबाट ग्रस्त रहेको प्रतिवेदन छ ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका काउन्सिल सदस्य किशोर श्रेष्ठले मानसिक रुपमा विक्षिप्त पत्रकारहरुको अवस्था र दुर्घटनाका बारेमा धारणा राख्नुहुँदै काउन्सिलले प्रिन्ट मिडियामा सीमित नरही विद्युतीय माध्यममा अनुगमन भैरहेको बताउनुभयो । कार्यक्रममा मानसिक स्वास्थ्यमा ध्यान मनोसामाजिक अपाङ्ताग्रस्त भई सडकमा पुर्‍याईएका र उनीहरुलाई उद्धार गरिएको सम्वन्धी भिडियो पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा चक्रपाणी नेपाल, सुनिलकुमार केसी, अंकुर न्यौपाने, अच्युत घिमिरे, अम्बिका भण्डारी, अनिल घिमिरे लगायतले पत्रकारिता खोज तथा अनुसन्धानमूलक, समस्या समाधानमूलक, सचेतनाका कार्यक्रम निरन्तर र ग्रामीणमूखि हुनुपर्ने र मानसिक समस्या डिप्रेसन न्यूनिकरण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush