निर्वाचन आयोगले संवेदनशील मतदान केन्द्रबाट लाइभ स्ट्रिमिङ गर्ने

काठमाडौं– निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षा दृष्टिले संवेदननशील ठानिएका मतदान केन्ऽबाट ‘लाइभ स्ट्रिमिङ’ गर्ने र त्यसलाई जिल्ला सदरमुकाम तथा केन्द्रबाट ’मनिटरिङ’ गर्ने भएको छ । स्वतन्त्र, भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन आयोगले प्रविधिको व्यापक प्रयोग गर्ने भएको हो ।

मतदान केन्द्रबाट गरिने त्यस्तो भिडियो लाइभ जिल्ला सदरमुकामस्थित आयोग तथा  काठमाडौंस्थित निर्वाचन आयोगको कार्यालयले मनिटरिङ गर्नेछ । आयोगको लाइभ स्ट्रिमिङ सार्वजनिक रुपमा भने हेर्न पाइने छैन ।

तपाईको प्रतिक्रिया