संविधानमा  अङ्कगणित नपुगेकाले कार्यकारी राष्ट्रपतिको व्यवस्था हुन सकेन : प्रधानमन्त्री दाहाल

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभामा अंकगणित नपुगेका कारण प्रत्यक्ष्य निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था हुन नसकेको बताउनुभएको छ ।

डा बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति पार्टी नेपालले प्रत्यक्ष्य निर्वाचित कार्यकारी राष्ट्र प्रमुख र संसदमा पूर्ण समानुपातिक प्रतिनिधित्वको माग गर्दै बुझाएको ‘संकलित हस्ताक्षर’ ग्रहण गर्दै प्रधानमन्त्री दाहालले आफू पनि प्रत्यक्ष्य निर्वाचित कार्यकारी राष्ट्रप्रमुखकै पक्षमा भए पनि संविधानसभाको अंकगणितका कारण संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीय पद्दतीलाई स्वीकार्न बाध्य भएको बताउनुभएको हो ।

हस्ताक्षर बुझाउादै नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले मुलुकमा राजनीतिक स्थिरता र समृद्धिका लागि प्रत्यक्ष्य निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र संसदमा पूर्ण समानुपातिक प्रतिनिधित्व अपरिहार्य भएकाले सरकारलाई दबावका लागि हस्ताक्षर बुझाएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया