काठमाडौं–काठमाडौं उपत्यकामा होलीको दिन पाँच सय सवारी र २ सय १७ जना व्यक्ति प्रहरीको कारवाहीमा परेका छन् । राजधानीमा होलीको क्रममा अवाञ्छित गतिविधि गर्ने ५ सय सवारीको साथै ११ जना महिला सहित २ सय १७ जना सवारी चालक प्रहरीले नियन्त्रणमा लिएको हो ।
जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने र फोहर छ्याप्ने लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले संयुक्त ट्राफिक प्रहरी र अपराध महाशाखासंग समन्वय गरि करिब एक हजार सुरक्षाकर्मी परिचालन गरेको थियो । उपत्यकाका १०७ ठाउमा सुरक्षा चेकिङ राखेर चेकजांज गरिएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, हेल्मेट बिना मोटरसाइकल चलाउने, मोटरसाईकलमा ३ जना सवार हुने लगायतलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ११ जना महिला सहित २१७ जना रहेका छन । आजै १२ सय ९४ सवारी कारवाहि गरेको प्रहरीले जनाएको छ । बिहान ९ बजे देखि काठमाडौं उपत्यकाका चोक चोकमा प्रहरी र ट्राफिक प्रहरी चेकजाच र सुरक्षाका लागि खटेका थिए ।