सत्ताधारी दलकै नेताबाट प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं– सत्ता साझेदार नेपाली कााग्रेसका नेता नारायण खड्काले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्नुभएको छ । काठमाडौंमा मङ्गलबार  भएको कार्यक्रमा नेता खड्काले माघ भित्र स्थानीय निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने बताउनु भएको हो ।

खड्काले माघ महिना भित्र निर्वाचनको मिति घोषणा नभए बैशाखमा स्थानीय तहको निर्वाचन हुन नसक्ने पनि स्पष्ट पार्नु भयो । उहााले निर्वाचन गराउने शर्तमा बनेको सरकारले निर्वाचनको मिति समेत घोषणा गर्न नसक्ने हो भने पदमा बसिरहन नमिल्ने उल्लेख गर्नु भयो । कार्यक्रममा सद्भावना अध्यक्ष राजेन्द्र महतोले तत्काल चुनावको मिति घोषणा भए सरकारसाग सम्बन्ध विच्छेद गर्ने चेतावनी दिनु भयो ।

अध्यक्ष महतोले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभई निर्वाचनको मिति घोषणा भए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनु भएको हो ।

तपाईको प्रतिक्रिया