इन्टरनेट सेवा प्रदायक संस्था क्लासिक टेक सबैभन्दा झुर इन्टरनेट कम्पनी सावित भएको छ । कम्पनी सोलोगनमा आफूलाई सबैभन्दा छिटो र विश्वसनिय दाबि गर्ने यस कम्पनीको इन्टरनेटले शनिबार विहानदेखि काम गरेन । उसै त दिनमै पटक–पटक डिसकनेट हुने यस कम्पनीको इन्टरनेट सेवा प्राविधिक कारण भन्दै बेला–बेलामा जाने गर्दछ । शनिबार विहानैदेखि नेटमा आफ्नो महत्वपूर्ण काम गरिरहेका यही कम्पनी इन्टरनेट प्रयोगकर्ता कीर्तिपुरका सन्तोष थापाले विहान आठ बजे नेट गएपछि कम्पनीमा के कारणले नेट गएको भनेर सोध्नलाई फोन सम्पर्क गरे तर फोनको कुनै रेक्सपोन भएन ।
उनले पटक–पटक फोन हान्दा पनि रेसपोन्स नभएछि उनी सिधै इन्टरनेट कम्पनी ठाउँ नयाँ बानेश्वर पुगे । कम्पनीमा पुगेका थापालाई त्यहाँका कर्मचारीले कम्पनीको प्राविधिक कमजोरीका कारण इन्टरनेट गएको बेलुकासम्म बन्ने जानकारी दिए । यही इन्टरनेट कम्पनीका प्रयोगकर्ता कोटेश्वरका अजय लिम्बु विहानैदेखि नेट नचलेपछि आफ्नो काम कसरी सक्ने भन्ने छटपटिमा परे । शनिबार यो इन्टरनेट कम्पनीका सबै ग्राहकले भागेको समस्या हो यो । हजारौ ग्राहक भएको यो इन्टरनेट कम्पनीले आफ्ना ग्राहक सुविधालाई ध्यान नदिनु लजास्पद छ ।
आफ्नो सेवा नै बन्द भएपछि कम्पनीको अनलाइनमा वा ग्राहकलाई सूचना दिनुको साटो उल्टै ग्राहकले गरेको फोन सम्म पनि रेसफोन्स गरेन यस कम्पनीले । सेवामा अति नै सुस्त र शुल्कमा अरू भन्दा महँगो यस कम्पनीलाई ग्राहक सुविधा भन्दा आफ्नो व्यापारको चटारो छ ।