पहिलो पटक सरकारी कर्मचारीमाथि संगठित अपराधको मुद्दा चल्दै

काठमाडौ– पहिलो पटक सुन तस्करीमा संलग्न भएको आरोपमा सरकारी कर्मचारीलाई संगठित मुद्दा चलाइने भएको छ । ३४ किलो सुन काण्डमा संग्लग्न रहेको आरोपमा पक्राउ परेका भन्सारका दुई कर्मचारीलाई संगठित अपराधमा मुद्दा चलाउने भएको हो ।

सिआईवीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा तथ्यांक अधिकृतको रुपमा कार्यरत श्रीनारायण यादव र एक्स रे टेक्निसियनको रुपमा कार्यरत राजकुमार ढकाललाई सीआईबीले संगठित अपराध अन्तर्गत मुद्दा चलाउने भएको हो ।

सुन काण्डमा पक्राउ परेका यादव र ढकाल दुवैलाई सीआईबीले १८ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि पनि बढाएको छ ।

तपाईको प्रतिक्रिया