दिप्ती भट्ट
काठमाडौं– भारत नेपालको छिमेकी देश हो । भौगोलिक रूपले भारत नेपालको छिमेकी देश भएपनि सम्बन्धको हिसाबले भारतले नेपाललाई कसरी हेर्छ भन्ने कुरा उसका गतिविधबाट प्रष्ट हुन्छ । एउटा स्वतन्त्र र स्वाधीन राष्ट्र नेपाललमा भारतले पटक–पटक हस्तक्षेप गर्ने गरेको छ । हुन त राजाहरू नै भारतमा शरणमा परेर शक्ति आर्जन गरेको थर्थात पनि छन् । र अहिलेका राजनीतिक दल र तीनका नेताको त कुरा छाडिदिउँ ।
बाहिर राष्ट्रियताका चर्का कुरा गर्न पछि नपर्नेहरू भारतले नेपालमाथि लात हान्दा समेत चुप लागेर बस्ने गरेका छन् । पछिल्लो समय कर्मचारी जगतका एक दूरदर्शी हिरो कुलमान घिसिङले बर्षौदेखि समस्या रूपमा रहेको लोडसेडिङलाई काठमाडौं उपत्यका र पोखरा महानगरपालिकाबाट हटाइदिए । यी क्षेत्र भन्दा बाहिरपनि अहिले लोडसेडिङ निकै कम भएर गएको छ । नेपाललाई विकशित गर्नको लागि एक मात्र सम्भावना बोकेको उर्जा क्षेत्र हो । अथाह सम्भावना भएरपनि नेपालको उर्जा क्षेत्रको विकासको हुन नसकेको यर्थात हामीसँग छ । यदि साच्चि नै इमान्दार भएर लाग्ने हो भने गर्न सकिन्छ भन्ने उदारण नेपाल प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले पेश गरेपछि नेपालको उर्जा क्षेत्रमा केही नयाँ आशाहरू थपिदै गएका छन् ।
उर्जा क्षेत्रमा नयाँ आसाहरू थपिदै गइरहेको यो सन्र्दभमा हाम्रो छिमेकी राष्ट्र भारतले नेपालको पानी माथि आँखा गाडीरहेको छ । उसले यदि नेपालका जलविद्युत आयोजनमा आफ्नो ५१ प्रतिशत सेयर नभए नेपालको विद्युत त नकिन्ने नीति त लिएको छ नै यसका अलवा उसले नेपालले प्रशस्त विद्युत उत्पादन गरे त्यसलाई बाह्य देशमा बेच्न नदिने रणनीति समेत बनाएको छ । हु न त हल्लामा नेपालले प्रशस्त विद्युत उत्पाद भारतलाई बेचेर धनी बन्न सक्छ भनिन्छ तर वास्तविकतामा भारतले आफ्नो लगानी र कब्जा नेपालको जलविद्युतमा नभए नेपालको विजुली खरिद नगर्ने नीति लिनुले उसले नेपालको पानीमा आँखा लगाएका सीधा प्रस्ष्ट हुन्छ ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी भन्नुहुन्छ ‘भारतको यो नीतिले नेपालले प्रशस्त विद्युत उत्पादन गर्यो भनेपनि भारतले आफ्नो स्वार्थ पारेर अख्तियार गरेको नीतिले नेपालको उजाबार्ट आम्दानी गर्छु भन्न गार्हो छ’ । अधिकारी भन्नुहुन्छ ‘ यदि नेपालले भारतलाई विजुली बच्ने सपना देख्ने हो भने हाम्रा नेताहरूले भारतको यस्तो नीति सच्याउन पहल गर्नुपर्छ’ ।
यदि भारत नेपालको सच्चा छिमेकी राष्ट्र हो भने नेपालसँग हातैमालो गरेर अघि बढ्न सक्थ्यो तर बदला नेपाललाई अप्ठेरो पार्ने नीति स्पष्टमा रूपमा लिएको छ । त्यसैले हाम्रा राष्ट्रवादी नेताले राष्ट्रबादका चर्का नारा हैन भारतसँग आफ्नो हित हुने कामको लागि पहल गर्नुपर्ने आवश्यक देखिन्छ ।