पोर्चुगलका सफल व्यवसायी द्धय बस्नेत र शेर्पा

राजनीतिक अस्थिरताले गााजेको छ देशलाई । हरेकजसो क्षेत्रमा अभाव, तनाव व्यहोर्नुपर्ने बाध्यता छ, नेपालीलाई । रोजगरी छैन, भएपनि श्रमको उचित सम्मान र मुल्य पाइदैन । यी यावत कारणले स्वदेश छाडेर कामकै खोजिमा बिदेश जानेहरु दिनानुदिन बढिरहेका छन् ।

बिभिन्न उदेश्य बोकेर आफ्नो उज्वल भविश्य खोज्न बिदेशीनेहरुको पहिलो रोजाई अमेरिका तथा युरोप बनेको छ । तर यी मुलुकको रोजगारी सोचेजस्तो सजिलो र सहज छैन । सन २००० को सुरुवातिबाट छिट्टफुट्ट नेपालीहरुको आगमन सुरु भएको युरोपेली मुलुक पार्चुुगल यतिवेला लण्डन पछिको सबैभन्दा बढी नेपाली बसोवास गर्ने मुलुक बनेको छ । पोर्चुगलमा करीब २० हजारको हाराहारीमा नेपाली रहेको अनुमान छ ।
जसमध्ये सबैभन्दा बढी कृर्षी फाममा काम गर्छन । केहि भने पोर्चुगल पुगेर व्यवसायमा राम्रैसाग जमेका छन् । पोर्तुगल पुग्ने नेपालीहरु प्राय रेस्टुरेन्ट तथा ग्रोसरी जस्ता व्यवसायमा छन् । पोर्चुगल पुगेर व्यवसाय गरिरहेका नेपाली मुलका व्यवसायी र अन्य युरोपेली मुलुकमा बस्ने नेपालीहरुको सोच र तौरतरिकामा ठूलो भिन्नता छ । पोर्चुगललाई अन्य युरोपियन मुलुक पुग्नेहरुले राम्रो पैसा र काम नहुने देश भन्ने गर्छन । तर सत्य त्यस्तो छैन ।
पोर्चुगल नेपाली मुलका सफल ब्यवसायीको एउटा राम्रो थलो पनि हो । यहाा धेरै सफल नेपाली व्यवसायीहरु छन् । खेतीमा मात्र काम गर्ने नेपालीहरुले आफ्नै फार्म खोलेर खोर्सानी, कुरिलो लगायतका तरकारी र फलफुल उत्पादन गर्छन । आफ्नो व्यवसाय मार्फत थुप्रैलाई रोगारी दिने र सफल बन्ने उदाहरणिय व्यवसायी हुन, सोलुखुम्भु स्थायी घर भएका भुपेन्ऽ बस्नेत र पेम्छिरिङ शेर्पा ।
पोर्चुगलको माटोमा सुन फलाउने यी दुई व्यवसायीले एल डि ए कम्पनी, हिमालयन शेर्पा रिसोर्ट, मार अजुल रेस्टुरेन्ट, पोजेतिभी मिस्ट्रीएल, पिसफुल प्लानेट एल डि ए लगायतका व्यवसाय सञ्चालन गर्दै आएका छन् । कारीब १ सय ५० कामदारलाई रोजगारी दिन सफल यी नेपाली मुलका व्यवसायीले आफ्नो व्यवसाय विस्तार पनि गरिरहेका छन् ।

हिमालयन शेर्पा रिसोर्टले समरमा राम्रो आम्दानी दिदैआएको व्यवसायी द्धयको विश्वास छ । साथै, कृषी कामदार सप्लाई गर्ने काममा पनि व्यवसायी द्धय शेर्पा र बस्नेतले काम गरिरहेका छन् ।
अहिले कारीब ३० हेक्टर जमिनमा कुरिलो, खोर्सानी र अन्य फलफुल उत्पादनमा केन्द्रित बनेका यी व्यवसायी आफ्नो व्यवसायलाई थप स्थानमा विस्तार गर्ने योजनामा छन् । भिन्नभिन्न व्यवसायमा हात हालेर पनि सफल भएका यी व्यवसायी द्धय मात्रै होइन, पछिल्लो समय पोर्चुगलमा नेपाली व्यबसायीको सफलता राम्रो देख्न सकिन्छ । पोर्चुगलमा रोजगारी छैन र नेपालीले केही गर्न सक्दैन भन्नेहरुका लागि व्यवसायी द्धय भुपेन्ऽ बस्नेत र पेम्छिरिङ शेर्पा उदाहरणको सफल पात्र हुन् ।

तपाईको प्रतिक्रिया