तामाकोसी जलविद्युत आयोजनाको सेयर मोडालिटी परिवर्तन नहुने दोलखाका सांसदको दाबि

दोलखा–दोलखाका सांसदहरुले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर मोडालिटी परिवर्तन हुन गर्न नहुने बताएका छन् । दोलखाका सांसदहरु पशुपति चौलागााई, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले स्वदेशी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयरसम्बन्धि हकदार सर्वसाधारण नागरिक रहेकाले त्यसलाई अन्यत्र गर्न नदिने प्रतिबद्धता जनाएका हुन ।

आयोजनाको ११ अर्ब रुपैयाँ बराबरको सेयर माओवादी पूर्व लडाकु, अति विपन्न तथा सहिद र बेपत्ता परिवारलाई वितरण गर्ने तयारीलाई सरकारले अगाडि बढाएको समाचार आएपछि दोलखाका तीनै जना सांसदहरुले आज संयुक्त पत्रकार सम्मेलन खबरदारी गरेका हुन । पूर्व मन्त्री तथा दोलखा क्षेत्र नम्बर २ का सांसद आनन्दप्रसाद पोखरेलले सरकार आयोजना बन्न नदिने षडयन्त्रमा लागि परेको आशंका व्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया