सातौ राष्ट्रिय खेलकुद : अपटेड

सुनसरी । पुर्वाञ्चलमा जारी सातौा राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरगत एथ्लेटिक्समा नेपाल आर्मीका हरी रिमाल र आर्मीकै सरस्वती भटट्राईले पहिलो स्वर्ण जितेका छन् ।सुनसरिको इटहरीस्थित आज भएको खेलको १५ सय मिटर दौडमा रिमालले आर्मीकै छत्र दाहाललाई पछि पार्दै पहिलो स्वर्ण जितेका हुन् । उनले ४ मिनेट ४ दशमलव ३८ सेकेन्डमा दुरी पार गरेका थिए । दोस्रो हुादै रजत पदक बिजेता दाहालले ४ मिनेट ४ दशमलब ७३ सेकेण्डको समयमा सो दुरी पार गरेका थिए । नेपाल पुलिसका करण खड्काले काास्य पदक हात पारे । उनले ४ मिनेट ११ दशमलब चार पााच ४५ सेकेण्डमा दुरी पार गरेका थिए ।

यता महिला तर्फको १५ सय मिटरको स्पर्धामा आर्मीकै सरस्वती भट्टराईले स्वर्ण जितिन् । भट्टराईले ४ मिनेट ४३ दशमलब ३७ सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । प्रतियोगितामा एपिएफकी फुलमति राना दोस्रो हुादै रजत पदक जितन । उनले ४ मिनेट ५३ दशमलब ९६ सेकण्डमा दुरी पार गरेकी थिईन । काास्य बिजेता लक्ष्मी पाण्डेले निर्धारित दुरी ४ मिनेट ५६ दशमलब २८ सेकेण्डमा पार गरिन् । त्यसैगरि महिला र पुरुष भलिवल प्रतियोगीता पनि सुरु भएका छन ।

महिला भलिवल प्रतियोगीता अन्तर्गत आजको खेलमा एपीएफ र पश्चिमाञ्चल विजयी बनेका छन् । एपीएफले मध्यपश्चिमाञ्चललाई २५–१०, २५–७, २५–६ को सोझो सेटमा पराजीत गरेको हो । त्यस्तै दोस्रो खेलमा पश्चिमाञ्चलले नेपाल आर्मीको टीमलाई २५– २०, २५ – १५, २१ – २५ र २५– १४ को सेटमा पराजीत गरेको छ । त्यस्तै पुरुष भलिवल प्रतियोगीता अन्तर्गत पहिलो खेलमा प्रहरीले बाजी मारेको छ ।

प्रहरीले मध्यमाञ्चललाई २५–२१, २५–७ र २५–१४ को सोझो सेटमा पराजीत गरेको छ । त्यस्तै अर्को खेलमा पश्चिमाञ्चलले सुदुर पश्चिमाञ्चललाई २५–१६, २५–२० र २५–२२ को सोझो सेटमा पराजीत गरेको छ । त्यसैगरि महिला तर्फको क्रिकेट अन्र्तगत आज भएको पहिलो खेलमा मध्यपश्चिमाञ्चल विजयी भएको छ ।

मध्यमपश्चिमाञ्चलले पश्चिमाञ्चललाई २ विकेटले हराएको हो । टस जितेर पहिले व्याटिगंमा उत्रिएको पश्चिमाञ्चले निर्धारित २० ओभरको समाप्तीमा मध्यपश्चिमाञ्चलाई ७४रनको र्टागेट दिएको थियो । जवाफी व्याटिङ गरेको मध्यपश्चिमाञ्चले १८ ओभरमै लक्ष्य पुरा गरी २ विकेटले खेल जितेको हो । मध्यपश्चिमाञ्चकी अनु केसीले ४ विकेट लिएकी थिइन, भने मध्यपश्चिमाञ्चलकी नेरी थापाले सवार्धिक ४३ रन बनाइृन । खेलमा मध्यपश्चिमाञ्चलकी अनिता चौधरी प्लेयर अफ द म्याच घोषीत भइन ।

तपाईको प्रतिक्रिया