एमालले क्षेत्रिय विखण्डन ल्याउन काम गरेको छ : देउवा

 

काठमाडौं–कांग्रेस सभापति शेरबहादुर देउवाले एमालले क्षेत्रिय विखण्डन ल्याउन खोजको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेसका कोषाध्यक्षहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बिहीबार सभापति देउवालले एमालले पार्टीगत स्वार्थका लागि क्षेत्रिय विखण्डन ल्याउन तल्लिन भएको आरोप लगाउनुभयो ।

मधेशमा शान्ति स्थापना गर्न आफूहरुले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा संसदलाई नै बन्धक बनाएर एमालेले त्यस्तो विखण्डनतर्फ मुलुकलाई अघि बढाउन खोजेको देउवाको भनाइ थियो । देउवाले सरकारबाट बाहिरिना साथ संसद अवरोध गरेर एमालेले सरकारबाट बाहिरिनु पर्दाको तुष देखाइरहेको आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया