कैलाली/मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा दर्ता भएको संसोधन प्रस्ताब सरकारले फिर्ता नलिने ठोकुवा गर्नुभएको छ । धनगढीमा बुधबारबाट सुरु भएको सुदूरपश्चिम महोत्सव २०७३ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेले तयार गरेको संविधान संसोधन प्रस्ताव निकासका लागि दर्ता गरिएको भन्दै फिर्ता नहुने दाबी गर्नुभएको हो ।
उहाँले संसदमा सबै पक्षसँग खुल्ला छलफल गर्न तयार भएपनि एमालेले अनाबश्यक बखेडा झिकेर देशको अग्रगमन रोक्न खोजेको आरोप लगाउनुभयो । कार्यक्रममा समग्र सुदूरपश्चिम क्षेत्रको विकासका लगि सरकार प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री दाहालले सुदूरपश्चिम क्षेत्रमा उद्योग स्थापना, पर्यटन प्रवद्धन लगायतका योजना सरकारले अघि सारेको र पुरक बजेटमा समेत केही कार्यक्रम समेट्ने आश्वसन दिनुभयो ।
सुदूरपश्चिम महोत्सवको उद्घाटनमा पुग्नुभएका प्रधानमन्त्री दाहाललाई अबरोध गर्नेक्रममा कैलाली प्रहरीले नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारी र राष्ट्रिय जनमोर्चाका अध्यक्ष हुकुम साउँद सहित ४२ जनालाई नियन्त्रमा लिएर कार्यक्रम सकिएपछि छाडेको थियो ।