एमाले भातृ संगठनद्वारा भारतीय राजदूतावास अगाडि विरोध

काठमाडौं–मंसिर । नेपालको मामिलामा भारतले हस्तक्षेप गरेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका भातृसंगठनहरुले नेपाल स्थिति भारतीय राजदूतावास अगाडी विरोध प्रर्दशन गरेका छन् । नेपालीको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको, नेपालको राजनीतिमा अनावश्यक दवाव दिएको आरोप लगाउँदै एमाले भातृसंगठन अनेरास्ववियु र युवासंघ नेपालले संयुक्त रुपमा लैनचौर स्थित भारतीय राजदुतावास अगाडी विरोध प्रर्दशन गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने, भारतीय राजदुत रञ्जित राय स्वदेश फिर्ता हुनुपर्ने लगायतका माग राख्दै प्रधानमन्त्री दाहाल र भारतीय राजदुत रायबिरुद्ध चर्का नारा लगाएका थिए ।

Published On:  462पटक हेरिएको

तपाईको प्रतिक्रिया