सराङ्कोटको राम मन्दिरमा राम जानकीको विवाह

कास्की–मंसिर । प्रत्येक बर्ष मंसिर शुक्ल पञ्चमिको दिन मनाइने  राम जानकी विवाह कास्कीको सराङ्कोटको राम मन्दिरमा पनि मनाइएको छ । मिथिल्ला मञ्चको वैवाहिक परम्परालाई निरन्तरता र ऐतिहासिक महत्व स्वरूप सराङ्कोट तोरीपानीको राम मन्दिरमा राम जानकी विवाह गरिएको हो ।

ram-janakiसीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयंवरका बारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भााचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको हो । उक्त विवाह भएको सम्झनास्वरूप प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ ।

तपाईको प्रतिक्रिया