बारा–मंसिर । काठमाडौं तराइ जोड्ने फास्ट ट्रर्याक र निजगढ विमानस्थल निर्माणमा ढिलाइ भएको भन्दै तराइका तीन जिल्लाका बासिन्दाले सरकारलाई दवाव दिन शुक्रवारबाट पैदलयात्रा सुरु गरेका छन् ।
फास्ट ट्रर्याक र दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माणमा भईरहेको ढिलाइप्रति सरकारको ध्यानकर्षण गराउन ६० जनाको टोली पैदल यात्रा मार्फत काठमाडौं हिडेका हुन । उनीहरुले घरदैलोमार्फत करिब १ लाख हस्ताक्षर एक रुपौया लगानी गरौं भन्ने नाराका साथ संकलन गरेको करिब ५५ हजार रुपैयाँ सरकारलाई बुझाउने बताएका छन् ।
पैदल यात्रीहरु पहिलो दिन छतिवन, ठिंगन र बुङ्गमती हुदै २० गते काठमाडौं पुग्ने र प्रधानमन्त्रिलाई हस्ताक्षर र संकलित रकम बुझाउने संघर्ष समितिका सदस्यहरुले बताएका छन् ।