काठमाडौं–मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान शंसोधनको प्रस्ताव स्वीकार गर्न गरेको प्रस्तावलाई मधेशी मोर्चाले अस्विकार गरेको छ । सरकारले सक्दो प्रयत्न गरेर ल्याएको प्रस्ताव ल्याएको भन्दै यसलाई स्वीकार गर्न प्रधानमन्त्रीले गरेका प्रस्ताव मधेशी मोर्चामा आवद्ध दलहरूले अस्वीकार गरेका हुन् । विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र मोर्चाका नेतावीच छलफल भएको थियो ।
प्रधानमन्त्री दाहालले वर्तमान राजनीतिक समीकरण र परिस्थितिले मधेशी मोर्चाका सबै माग सम्बोधन गर्न सम्भव नरहेको बताउँदै सम्भव भए जति प्रस्तावमा ल्याइएको भन्दै समर्थन गर्न आग्रह गर्नुभएको एकिकृत माओवादी सचिव वर्षमान पुनले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालको प्रस्तावमा मोर्चाका नेतहरुले भने मिश्रित जवाफ दिएका थिए ।
मोर्चाका नेताहरुले संशोधन प्रस्तावले पनि आफुहरुको माग सम्बोधन नभएकाले चुनावमा भाग लिन नसकिने बताएको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।