५० हजार घुष रकम सहित नायव सुब्बा पक्राउ

काठमाडौं–मंसिर । सेवाग्राहीसँग ५० हजार घुष लिने भूमिसुधार कार्यालय थापा गाउँमा कार्यरत नयव सुब्बा अंगुरप्रसाद सिग्देल पक्राउ परेका छन् ।

nasu-pakrauमोहिकट्टा मिलाईदिने भन्दै एक जना सेवाग्राहीसँग ५० हजार घुष लिइरहेको अवस्थामा नासु सिग्देललाई अख्तियारको टोलीले सोमबार साँझ पक्राउ गरेको हो । अभियुक्त सिग्देलको साथबाट चोभारस्थित एक सेवाग्राहीको मोहिकट्टा मिलाईदिने भन्दै लिएको ५० हजार घुष रकम समेत अख्तियारको टोलीले बरामद गरेको छ ।

घुष रकम सहित पक्राउ परेका नासु सिग्देल बिरुद्ध पदिय दुरुपयोग गरि भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर भई कारबाही प्रक्रिया अघि बढ्ने अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया