महाधिवेशनको ६ महिना वित्दा पनि पदाधिकारीले पूर्णता पाएन कांग्रेसमा

महाधिवेशन भएको ६ महिना पुगिसक्दा समेत कांग्रेसले पदाधिकारी मनोनयन गर्न सकेको छैन । उपसभापति, महामन्त्री लगाएतका पदमा सभापतिले मनोनयन गर्नुपर्ने व्यवस्था विधानमा भएपनि आन्तरिकcongres विवादका कारण कांग्रेस पदाधिकारीले पुर्णता पाएको छैन ।

महाधिवेशन भएको ६ महिना पुगिसक्दा समेत सबैभन्दा ठुलो दल कांग्रेसले एक जना उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु मनोनयन गर्न सकेको छैन । कांग्रेसको विधानअनुसार पार्टी सभापतिले महाधिवेशन सकिएको २ महिनामा पदाधिकारी मनोनयन गर्नुपर्ने व्यवस्था छ । तर महाधिवेशन भएको ६ महिना सम्म पनि पदाधिकारी मनोनयन गर्न नसकेको कांग्रेसले भातृ संस्थाको चुनाव गर्नुपरेको लगाएतका कारण देखाउँदै ढिलाई भएको कारण पुष्टि गर्न खोजेको छ ।

उपसभापति लगाएतका पदाधिकारीको पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष, नेता खुमबहादुर खड्का लगाएतका बिभिन्न पक्षले दाबी गरेका कारण समस्या आएको कांग्रेसकै केही नेताहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush