पुनर्निर्माण प्राधिकरणले थप नीति बनाउँदै

काठमाडौं–कार्तिक २ । राष्ट्रिय पुन:निर्माण प्राधिकरणले चार जना विज्ञ सदस्यलाई पुन:निर्माणसम्बन्धी थप नीति योजना निर्माण गर्ने जिम्मेवारी दिएको छ । बनेका नीति नियमले समेट्न नसकेका विषयलाई समेटी नीति तर्जुमा गर्न निर्देशक समितिको असोज १० गतेको निर्णयअनुसार विज्ञ सदस्यलाई यो थप जिम्मेवारी दिइएको हो ।

कार्यकारी समितिका विज्ञ सदस्य ध्रुव शर्मालाई पुन:निर्माणसम्बन्धी नीति योजना निर्माण तथा डा विष्णु भण्डारीलाई जीविकोपार्जन र ग्रामीण आवास निर्माणसम्बन्धी कार्यविधि निर्माणको जिम्मेवारी दिइएको हो ।

तपाईको प्रतिक्रिया